नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले स्पेनी क्लब बार्सिलोनासँग आफ्नो अनुबन्धन लम्ब्याउने तयारी गरेको एक रिपोर्टले दाबी गरेको छ । मेस्सीले सन् २०२६ सम्म बार्सिलोनासँगको अनुबन्धन लम्ब्याउने तयारी गरेको खेलकुदसम्बन्धी वेबसाइट गोलले जनाएको छ ।
यस्तै बार्सिलोनामा रहन मेस्सी महत्त्वपूर्ण पारिश्रमिक कटौतीका लागि सहमत भएको जनाइएको छ ।
बार्सिलोनासँगको २० वर्षे यात्रा समाप्त गर्न इच्छा देखाएपछि स्वतन्त्र रहेका मेस्सीले पेरिस सेन्ट जर्मेइन र म्यानचेस्टर सिटी क्लबमा रुचि देखाएका थिए । ३४ वर्षीय मेस्सीको बार्सिलोनासँगको पछिल्लो अनुबन्धन चार वर्षका लागि पाँच सय ९४ मिलियन डलरमा भएको थियो । त्यो सम्झौता गएको जुन ३० मा सकिएको थियो ।
यद्यपि जोन लापोर्टा गएको मार्चमा बार्सिलोनाका अध्यक्ष भएपछि मेस्सीले क्याम्प नाओमा बसिरहन इच्छा देखाएका थिए । आउँदा दिनमा आधिकारिक घोषणा आउने अपेक्षा गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।