टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिद्वारा बिदाइ

 असार ३१, २०७८ बिहीबार १८:२१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिदाइ गर्नुभएको छ । शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय झण्डा हस्तान्तरण तथा शुभकामनासहित बिदाइ गर्नुभयो ।

राष्ट्रपति भण्डारीले ओलम्पिकका लागि सेभ दी मिसन रहेका सदस्यसचिव रमेश सिलवाललाई झण्डा हस्तान्तरण गर्नुभएको हो । उहाँले खेलका आवश्यक नियमहरु पालना गरेर अनुशासनमा रहेर खेल्न पनि खेलाडीलाई आग्रह गर्नुभयो। भोलि सुटिङ र जुडोको टोली जापान जानेछ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया