भारत, पाकिस्तान टी–२० विश्व कपको एउटै समूहमा

 साउन १, २०७८ शुक्रबार १७:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ: टी–२० विश्व कपमा एक पटक फेरि भारत र पाकिस्तान आमनेसामने हुने भएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आउँदो टी–२० विश्व कपको पहिलो चरण र 'सुपर १२' को समूह सार्वजनिक गरेको हो ।

'सुपर १२' मा भारत र पाकिस्तान समूह ‘बी’ मा परेका हुन् । यो समूहमा न्युजिल्यान्ड र अफगानिस्तान पनि छन्, साथै पहिलो चरणको शीर्ष दुई टोलीले यस समूहमा स्थान बनाउने छन् । 

यस्तै समूह 'ए' मा इङ्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको शीर्ष दुई टोलीले पनि यस समूहमा स्थान बनाउने छन् । 

टी–२० विश्व कप आउँदो अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने भएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया