नेपालले एभीसी सिनियर महिला भलिबल च्याम्पियनशिप नखेल्ने

 साउन १, २०७८ शुक्रबार १९:१९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपालले एभीसी सिनियर महिला भलिबल च्याम्पियनशिप नखेल्ने भएको छ । फिलिपिन्समा आउँदाे अगस्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म हुने महिला भलिबल च्याम्पियनशिपबाट नेपालले नाम फिर्ता लिएको हो । 

प्रतियोगिताको समूह विभाजनमा नेपालको नाम उल्लेख छैन । सुरुमा १७ टोली खेल्ने भनिए पनि विभिन्न देशले नाम फिर्ता गरेपछि अब प्रतियोगितामा आठ टोली सहभागी हुने भएका छन् । एभीसीले सार्वजनिक गरेको तालिकामा समूह 'ए' मा आयोजक फिलिपिन्स, काजकिस्तान, उज्वेकिस्तान र चाइनिज ताइपेई तथा समूह 'बी' मा थाइल्यान्ड, दक्षिण कोरिया, इरान र अस्ट्रेलिया रहेका छन् ।

नेपालको महिला टोलीले पहिलो पटक यस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन नपाएको हो । यो निर्णयले नेपाली महिला भलिबल टोलीको भावनामा चोट पुगेको नेपाल भलिबल सङ्घले जनाएको छ । 

त्यस्तै नेपाली महिला भलिबल खेलाडीको बन्द प्रशिक्षण स्थगित गरिएको सङ्घले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया