एमाले अध्यक्ष ओली र जसपाको महन्थ ठाकुर समूहका नेताहरुबीच भेटवार्ता

 साउन २, २०७८ शनिबार १३:३०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर समूहका नेताहरुबीच भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न जसपाका महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा आज बिहान बालकोट पुगेका हुन् । भेटमा आपसी सहकार्यलाई निरन्तरता दिँदै अगाडि बढ्नेबारेमा कुराकानी भएको तर कुनै सहमती नभएको जसपाका नेता अनिल झाले बताउनुभयो ।

एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । तर ओलीसँग सत्ता सहकार्य गरेको जसपाको महन्थ समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने/नदिनेबारे आधिकारिक निर्णय गरिसकेको छैन । भोलि दिउँसो चार बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया