अष्ट्रेलियासँगको अन्तिम टी–ट्वान्टीमा वेस्ट इण्डिज विजयी

 साउन २, २०७८ शनिबार १३:४९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अष्ट्रेलियासँगको पाँचौं तथा अन्तिम टी–ट्वान्टीमा वेस्ट इण्डिज १६ रनले विजयी भएको छ । योसँगै वेस्ट इण्डिजले श्रृङ्खला ४–१ ले जितेको छ ।

आज बिहान भएको खेलमा वेस्ट इण्डिजले दिएको दुई सय रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १ सय ८३ रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियाका कप्तान आरोन फिन्चले सबैभन्दा धेरै ३४ रन बनाए । वेस्ट इण्डिजका सेल्डन कोट्रेल र आन्द्रे रसेलले समान तीन/तीन विकेट लिएका थिए ।

पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । वेस्ट इण्डिजका इभन लेविसले सबैभन्दा धेरै  ७९ रन बनाए । अष्ट्रेलियाका एन्ड्रयु टाइले तीन तथा मिचेल मार्स र एडम जाम्पाले दुई/दुई विकेट लिए ।

वेस्ट इण्डिज पहिलो खेलमा १८ रन, दोस्रो खेलमा ५६ रन र तेस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । चौथो खेलमा अष्ट्रेलिया ४ रनले विजयी भयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया