'द हन्ड्रेड' प्रतियाेगिता गुमाउने भएपछि सन्दीप निराश

 साउन ५, २०७८ मंगलबार १८:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले भिसाकै कारण द हन्ड्रेड क्रिकेट प्रतियोगिता नखेल्ने पक्का भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले इङ्ल्यान्ड र वेल्स क्रिकेटको आयोजनामा हुने द हन्ड्रेड प्रतियोगिता गुमाउने पक्का भएको जानकारी दिएका हुन् । 

यो प्रतियोगिता गुमाउन पुगेकोमा आफू निकै निराश भएको सन्दीपले फेसबुकमा लेखेका छन् । 

यही बिहीवारदेखि सुरु हुने प्रतियोगितामा सन्दीपलाई झन्डै एक करोड नेपाली रुपैयाँमा ओभल इन्भिन्सिबल्सले अनुबन्ध गरेको थियो । 

गएकाे असार २४ गते इङ्ल्यान्ड गएका सन्दीपले गएकाे साेमवार बेलायत सरकारबाट मान्यता प्राप्त होटलमा १० दिनको क्वरेन्टीन समय माग गरेका थिए । इङ्ल्यान्ड क्रिकेट बाेर्ड (ईसीबी) काे निर्देशनअनुसार आफूले भिसाका लागि आवेदन दिएकाे पनि सन्दीपले बताएका छन् ।

सन्दीपले आफ्नाे भिसा किन वैध नभएकाे भन्दै ईसीबीलाई प्रश्न पनि गरेका छन् । प्रतियाेगितामा आफ्नाे उपस्थितिलाई लिएर उत्साहित भएका प्रशंसकसँग पनि सन्दीपले माफी मागेका छन् । 

सन्दीप नखेल्ने भएपछि उनकाे ठाउँमा टी–२० वरीयताका नम्बर एक बलर दक्षिण अफ्रिकाका तबरिज साम्सीलाई खेलाउने बुझिएकाे छ ।  

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • bimal bhattarai

    July 25, 2021, 2:09 p.m.

    साह्रै नराम्रो खबर ...सरकारले पनि देशको गहनालाई सहयोग गर्नुपर्ने हो / हाम्रो देश यस्तै कारणले गर्दा पछाडि परेको हो / म तपाइंको फ्यान हुँ सन्दीप जी /

  •  0 Reply

तपाईको प्रतिक्रिया