पाकिस्तानसँगको टी–ट्वान्टी श्रृंखला इंग्ल्याण्डलाई

 साउन ६, २०७८ बुधबार ८:१८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानसँगको तीन खेलको ट्वान्टी ट्वान्टी श्रृंखला २–१ ले जितेको छ । निर्णायक तेस्रो टी–ट्वान्टीमा इंग्ल्यान्डले पाकिस्तानलाई ३ विकेटले हराउँदै श्रृंखला जितेको हो ।

जितका लागि पाएको १ सय ५५ रनको लक्ष्य इंग्ल्यान्डले १९ दशमलव ४ बलमा ७ विकेट गुमाएर भेट्टायो । इंग्ल्याण्डका ओपनर जेसन रोयले सर्वाधिक ६४ रन बनाए । पाकिस्तानका मोहम्मद हफिजले ३ विकेट लिए । ईमाद वासिम, हसन अली, उस्मान कादिर र शादब खानले एक/एक विकेट लिए ।

यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवान ७६ रनमा अविजित रहे । इंग्ल्याण्डका आदिल राशिदले ४ विकेट लिए । मोईन अलीले एक विकेट लिए । पाकिस्तान पहिलो टी–ट्वान्टीमा ३१ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ४५ रनले पराजित भएको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया