वेस्ट इण्डिजसँगको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया १ सय ३३ रनले विजयी

 साउन ६, २०७८ बुधबार १२:१६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वेस्ट इण्डिजसँगको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । यो जितपछि तीन खेलको एकदिवसीयमा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ ।

अष्ट्रेलियाले घरेलु टोली वेस्ट इण्डिजलाई डीएल पद्धतीमा १ सय ३३ रनले हराएको हो । अष्ट्रेलियाले दिएको २ सय ५७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इण्डिज २६ ओभर २ बलमा अलआउट हुँदै १ सय २३ रनमा समेटियो ।

वेस्ट इण्डिजका केइरन पोलार्डले ५६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । जोश हाजलउडले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ४९ ओभरमा ९ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । तर डीएल पद्धतिको आधारमा वेस्ट इण्डिजले २ सय ५७ रनको लक्ष्य पाएको थियो ।

अष्ट्रेलियाका कप्तान एलेक्स केरीले ६७ रनको अर्धशतकीय पारी खेले । वेस्ट इण्डिजका हेडन वाल्सले ५ विकेट लिए । अकिल हुसेन र अल्जारी जोशेफले २/२ विकेट लिए । दुई टोलीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया