पालिकामा सञ्चालन भइरहेका काेभिड अस्थायी अस्पताल तत्काल बन्द नगर्नू : मन्त्रालय

 साउन ७, २०७८ बिहिबार १६:१७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पालिकामा सञ्चालन भइरहेका कोभिड अस्थायी अस्पताल तत्कालै बन्द नगर्न मन्त्रालयले निर्देशन दिएको छ । काेराेना सङ्क्रमणकाे सम्भावित तेस्राे लहर आउन सक्ने भन्दै ६ सय ४९ वटा पालिकामा सञ्चालित कोभिड अस्थायी अस्पताललाई साउनदेखि कम्तिमा ६ महिनासम्म निरन्तरता दिन मन्त्रालयले निर्देशन दिएको हो । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज बिहीवार विज्ञप्ति निकालेर निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउन सक्ने बताउनुभएको हो ।

सबै अस्पताललाई अक्सिजन भर्न र शय्या तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ, उहाँले भन्नुभयो, तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेका छौँ ।

नेपालमा गएकाे चैत दोस्रो हप्तादेखि दोस्रो लहरको सङ्क्रमण छ । नेपालमा अहिलेसम्म सात लाख २४ हजार चार सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै ६ लाख ३६ हजार चार सय दुई जना सङ्क्रमणमुक्त भएर घर फर्किएका र नौ हजार ६ सय ३७ जनाको सङ्क्रमणबाट ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया