नेपाललाई काेराेनाविरुद्धकाे थप खाेप सहयोग गर्ने जापानकाे वाचा

 साउन ७, २०७८ बिहीबार १८:१७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच आज बिहीवार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा जापानका राजदूत युताकाले जापानले नेपाललाई अनुदानमा दिने काराेनाविरुद्धकाे खाेप छिटै नेपाल आइपुग्ने जानकारी दिनुभएको छ । जापानले नेपाललाई १६ लाख डोज अस्ट्राजेनेकाकाे खोप दिने घोषणा गरेको छ । राजदूत युताकाले नेपाललाई थप खाेप दिने वाचा पनि गर्नुभएकाे छ । 

भेटवार्तामा प्रधानमन्त्री देउवाले जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया