टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज

 साउन ८, २०७८ शुक्रबार ५:५९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्व खेलकुदको कुम्भमेला ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुँदैछ । 

जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमकाबीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनेछ । नेपाली समय अनुसार दिउँसो ४ बजेपछि हुने  उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन् । 

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेका छन् । कोरोनाको असर नपरोस् भन्नका लागि स्वास्थ्य र सुरक्षामा विशेष जोड दिइएको छ ।

ओलम्पिक प्रतियोगिता स्थगित गर्नुपर्ने आवाज उठिरहेका बेला प्रतियोगिता हुन लागेको हो । यसअघि गएको वर्ष कोरोनाकै कारण प्रतियोगिता रोकिएको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण दर्शकको उपस्थितिबिना नै प्रतियोगिता हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया