भीम रावलद्वारा राजीनामा फिर्ता

 साउन ८, २०७८ शुक्रबार १३:१२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनु भएको छ । रावलले आज सभामुख अग्निप्रसाद सापकाेटालाई भेटेर राजीनामा फिर्ता लिनु भएको हो।

संसद बैठक बस्नुअघि उहाँले राजीनामा फिर्ता लिनु भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिनुअघि रावलको राजीनामा आएको थियो । तर, सभामुख सापकोटाले स्वीकृत भने गर्नु भएको थिएन ।

रावललाई राजीनामा फिर्ता लिन पार्टीका नेताहरुले नै आग्रह गर्दै आएका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद बढ्दै गएपछि विवाद समाधानका लागि गठन भएको कार्यदलमा उहाँ नेपाल पक्षबाट संयोजक हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया