सबै नागरिकले काेराेना खाेप पाउँछन् : प्रधानमन्त्री देउवा

 साउन ८, २०७८ शुक्रबार १६:४१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले ऋण लिएर भए पनि, जतिसुकै महँगो परे पनि कोरोना खोप सबै नागरिकलाई पुर्‍याउने प्रतिबद्धता जनाउनुभएको हो ।

कोरोना खोप सरकारको प्राथमिकता हो । मैले सबै नागरिकलाई कोरोना खोप पुर्‍याउन गरेकाे वाचा पूरा गरी छाड्ने छु । हामी ऋण लिएर जति महँगो भए पनि नेपाली नागरिकलाई कोरोना खोप पुर्‍याउन छाैँ । मेरो नेतृत्वको सरकारले अवश्य पनि त्यो वाचा पूरा गर्ने विश्वास दिलाउन चाहन्छु ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आफ्नो कार्यकाल छोटो रहेको उल्लेख गर्दै त्यसबीचमा सत्ता साझेदार दलहरूसँग मिलेर नागरिकले अनुभूति गर्ने खालका केही काम गरेर देखाउने योजना पनि अघि सार्नुभयो ।

पुष्पकमल दाहाल, उपेन्द्र यादव जस्ता अनुभवी नेतासँग छलफल गरेर नागरिकले अनुभूति गर्ने खालका काम गरेर देखाउनु उहाँको भनाइ थियो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया