कर्णाली नदीमा नुहाउने क्रममा दुई बालबालिका बेपत्ता

 साउन ९, २०७८ शनिबार ७:३७:२८ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाको कर्णाली नदीमा नुहाउन गएका दुई जना बालबालिका बेपत्ता भएका छन् । 

गेरुवा गाउँपालिका-६ का १२ वर्षीय सन्दीप विक र उनकी आठ वर्षीया बहिनी दिलमाया विक कर्णाली नदीको सैजना घाटमा नुहाउने क्रममा बेपत्ता भएका इलाका प्रहरी कार्यालयका पाताभारले जनाएको छ । 

शुक्रवार दिउँसो घरबाट खेल्न जान्छु भनेर गएका दाजुबहिनी नुहाउने क्रममा बेपत्ता भएको खबर आए लगत्तै खोजी सुरु गरिएको इप्रका पाताभारले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया