तीन स्वर्ण जित्दै टोकियो ओलम्पिकमा जापान शीर्ष स्थानमा

 साउन १०, २०७८ आइतबार १२:१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जापानको राजधानी टोकियोमा भइरहेको ३२ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिकमा तीन स्वर्ण पदक जित्दै जापान तालिकाको शीर्ष स्थानमा रहेको छ ।

जापानले अहिलेसम्म तीन स्वर्ण र एक रजत जितेको छ । यस्तै, समान तीन स्वर्ण जितेको चीन तालिकाको दोस्रो स्थानमा छ । त्यसैगरी एक स्वर्ण र दुई रजत जितेको अमेरिका तालिकाको तेस्रो स्थानमा छ । यस्तै, अस्ट्रेलिया, रसियन ओलम्पिक कमिटी, इटली, ट्युनिसिया, दक्षिण कोरिया, इक्वेडर, हङ्गेरी, इरान, कोसोभो र थाइल्यान्डले पनि एक/एक स्वर्ण पदक जितेका छन् । 

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । कल्पना परियारले आफ्नो विधा १० मिटर एयर राइफलमा आफ्नो प्रदर्शन सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा सुधार गरे पनि दोस्रो चरणमा पुग्न सकिनन् । यस्तै, जुडोकी सोनिया भट्ट रसियन खेलाडी इरिना डोल्गोभासँग पराजित भइन् ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया