राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा घाेषणा

 साउन १०, २०७८ आइतबार १२:५९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् ।

यस विषयमा अलमुताइरीले नेपाली समर्थकसँग माफी पनि मागेका छन् । अलमुताइरीले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि नेपाली फुटबलले लय लिन थालेको थियो ।

युवा खेलाडीलाई स्थान दिने र नयाँ प्रयोग अलमुताइरीका विशेषता हुन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • होम बहादुर राना मगर

    July 25, 2021, 1:36 p.m.

    नेपालमा प्रगती बिकास उन्नती गर्छु भन्नेहरुलाइ कहाँ स्थान पाइन्छ र??? हरेक ठाउँमा हरेक क्षेत्रमा राजनितिकको बिष घोल्यो,मार्यो यस्तै छ मेरो देश 😥😥

  •  0 Reply

तपाईको प्रतिक्रिया