अस्ट्रेलियाले हकीमा भारतलाई ७–१ ले हरायाे

 साउन १०, २०७८ आइतबार १८:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय पुरुष हकी टिम टोकियो ओलम्पिकमा अस्ट्रेलिया टिमसँग सात एकले पराजित भएको छ । अस्ट्रेलिया टिमले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई टोक्यो ओलम्पिकको दोस्रो पुल म्याचमा हराएको हो ।  

दुवै टिमले आफ्नो सुरुवाती खेल जितेका थिए र ओई हकी स्टेडियममा भएको खेलमा समूहमा आफ्नो स्थिति बलियो बनाउन चाहिरहेका थिए । 

आइतवारको प्रतियोगितामा भारतीय डिफेन्सले निकै निराशाजनक प्रदर्शन गर्यो । अस्ट्रेलियाको तीव्र आक्रमणलाई भारतीय डिफेन्सले सम्हाल्न सकेन ।

अस्ट्रेलिया टिमले खेलको सुरुवातदेखि नै पूर्ण दबाब बनाएको थियो । यही कारण भारतीय टिमको तर्फबाट दिलप्रीत सिंहले मात्र एक गोल गर्न सके । 

भारतीय टिमले यो ओलम्पिकमा अहिलेसम्म दुई खेल खेलेको छ । जसमा एक खेल जितेको छ भने दोस्रोमा हारेको छ । 

पहिलो खेलमा भारतीय टिमले न्युजिल्यान्डलाई तीन दुईले हराएको थियो । अस्ट्रेलिया टिमले आफ्नो पहिलो खेलमा जापानलाई पाँच तीनले हराएको थियो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया