ललितपुरमा 'इन्टेलिजेन्स ट्राफिक लाइट' सञ्चालनमा
पुस १, २०८१ सोमबार
म्याग्दी – पहिरो खसेर गएको बिहीबारदेखि बन्द भएको बेनी–जोमसोम सडक आज सोमवारदेखि फेरि सञ्चालनमा आएको छ । वर्षाले ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर बन्द भएको सडक चार दिनपछि सञ्चालनमा आएको हो ।
पहिरो खसेर बेनी–जोमसोम सडक खण्ड अन्तर्गत उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको ढुङ्गाखानी, रुप्से छहरालगायत ठाउँमा सडक बन्द भएको थियो । सडकमा पहिरो खसेर पु¥याएको अवरोधलाई हटाएपछि बेनी–जोमसोम सडक फेरि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सडक खुलेसँगै बीच बाटोमै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
बन्द सडक खुले पनि पहिरोको जोखिम भने कायमै रहेको छ । वर्षाका कारण ढुङ्गा र माटो खसिरहेकाले ठाउँ–ठाउँमा पहिरो जाने क्रम निरन्तर रहेको हुँदा आवश्यक सुरक्षा सावधानी अपनाएर मात्र यात्रा गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले बताउनुभयो । उहाँका अनुसार पहिरोले बन्द बेनी–दरबाङ, बेनी–बागलुङलगायत सडक यसअघि नै सञ्चालनमा आइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।