योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

 साउन १२, २०७८ मंगलबार १८:३९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर विश्व पौडेल नियुक्त हुनुभएको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा युवा अर्थशास्त्री विश्व पौडेललाई नियुक्त गरेको हो ।

पौडेलले यसअघि पनि योजना आयोगमा रहेर काम गरिसक्नुभएको छ । यस्तै उहाँले अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा रहेर काम गरिसक्नुभएको छ ।  

यस्तै बैठकले याेजना आयाेगकाे सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया