टाेकियाे ओलम्पिकमा १३ स्वर्णसहित जापान शीर्ष स्थानमा

 साउन १३, २०७८ बुधबार १९:४९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जापानमा भइरहेकाे टोकियो ओलम्पिकमा १३ स्वर्णसहित जापान शीर्ष स्थानमा रहेको छ । जापानले १३ स्वर्ण, चार रजत र पाँच कास्यसहित २२ पदक जितेको  छ । 

दोस्रो स्थानको चीनले १२ स्वर्ण, ६ रजत र नौ कास्यसहित २७ पदक जितेको छ । अमेरिका ११ स्वर्ण, ११ रजत र नौ कास्यसहित ३१ पदकका साथ तेस्रो स्थानमा छ । 

यस्तै अहिलेसम्म रसियन ओलम्पिक कमिटीले सात, अस्ट्रेलियाले ६, बेलायतले पाँच, दक्षिण कोरियाले चार र जर्मनी र फ्रान्सले तीन/तीन स्वर्ण जितेका छन् ।

अन्तिम अपडेट: साउन १७, २०७८

तपाईको प्रतिक्रिया