भारतसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा श्रीलङ्का विजयी

 साउन १४, २०७८ बिहीबार ८:२७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टिम श्रीलङ्काले दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतलाई पराजित गरेको छ । कोलम्बोमा गएराति श्रीलङ्काले भारतलाई ४ विकेटले हराएको हो।

भारतले दिएको १ सय ३३ रनको लक्ष्य श्रीलङ्काले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो । श्रीलङ्काका धनञ्जय डी सिल्भाले ४०, मिनोद भानुकाले ३६ , वानिन्दु हसरङ्गाले १५ तथा चामिका करुनारत्ने १२ र अभिष्का फर्नान्डोले ११ रन बनाए । भारतका कुलदीप यादवले २ विकेट लिए भने भुवनेश्वर कुमार, चेतन शाकरिया, वरुण चक्रवर्ती र दिपक चाहरले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । भारतका कप्तान शिखर धवनले सर्वाधिक ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन । भारतका देवदूत पडिकलले २९ ऋतुराज गायकवाडले २१ र भुवनेश्वर कुमारले १३ रन बनाए ।

श्रीलङ्काका अकिला धनञ्जयले २ विकेट लिए भने दुश्मन्था चामिरा, डसुन शनका र वानिन्दु हसरङ्गाले १/१ विकेट लिए । जितसँगै श्रीलङ्काले तीन खेलको श्रृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा भारत विजयी भएको थियो ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया