कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने बताउनुभएकाे छ । विश्व बाघ दिवसका अवसरमा बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा नेता नेपालले आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरू राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफूलाई आनन्द र गौरवबोध हुने गरेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री देउवालाई काबिल र रचनात्मक सहयोगीहरू राख्न पनि सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री मात्रै पर्याप्त हुँदो रहेनछ । सहयोगी, सहयोद्धाहरू पनि त्यस्तै काबिल चाहिन्छ । समर्पित चाहिन्छ । रचनात्मक चाहिन्छ ।’
उहाँले बाघको रक्षामा सबैले ध्यान पुर्याउनुपर्ने बताउनुभयो । प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उहाँले बताउनुभयो ।
नेता नेपालले वातावरण संरक्षणका लागि हिमाली देशको छुट्टै सङ्गठन बनाउन आवश्यक धारणा व्यक्त गर्दै जलवायु परिवर्तन र वातावरण संरक्षणका क्षेत्रमा त्यस्तो सङ्गठन आवश्यक भएको अभिमत राख्नुभयाे । उहाँले सन् १९१२ मा रसियामा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनले अघि सारेका रणनीति बाघ संरक्षणमा उपयोगी हुने बताउनुभयो ।