चीनलाई पछि पार्दै १५ स्वर्णसहित जापान टाेकियाे ओलम्पिकको शीर्ष स्थानमा

 साउन १४, २०७८ बिहिबार १८:३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जापानमा भइरहेकाे टोकियो ओलम्पिकमा चीनलाई पछि पार्दै जापान शीर्ष स्थानमा पुगेको छ । जापानले १५ स्वर्ण, चार रजत र पाँच कास्यसहित २४ पदक जितेको छ ।

दोस्रो स्थानमा रहेको चीनले १४ स्वर्ण, ६ रजत र नौ कास्यसहित २९ पदक जितेको छ । यस्तै १३ स्वर्ण, १४ रजत र १० कास्य गरी ३७ पदकका साथ अमेरिका तेस्रो स्थानमा छ ।

यस्तै आठ स्वर्ण, दुई रजत र १० कास्यका साथ २० पदकसहित अस्ट्रेलिया चौथो स्थानमा छ । रसियन ओलम्पिक कमिटी सात स्वर्णसहित २६ पदकका साथ पाँचौँ स्थानमा छ ।

यस्तै बेलायतले पाँच, दक्षिण कोरियाले चार, फ्रान्स र जर्मनीले तीन/तीन स्वर्ण पदक जितेका छन् । इटली, नेदरल्यान्ड्स, क्यानडा, हङ्गेरी, स्लोभानिया, क्रोएशिया र कोसोभोले दुई/दुई स्वर्ण जितेका छन्  ।

ओलम्पिकमा स्विट्जरल्यान्ड, रोमानिया, ब्राजिल, चाइनिज ताइपेई, चेक रिपब्लिक, न्युजिल्यान्ड, जर्जिया, सर्बिया, अस्ट्रिया, हङकङ, ट्युनिशिया, इस्टोनिया, आयरल्यान्ड,  उज्वेकिस्तान, बर्मुडा, इक्वेडर, फिजी, इरान, लात्भिया, नर्वे, फिलिफिन्स, स्लाेभाकिया र थाइल्यान्डले एक/एक स्वर्ण पदक जितेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया