लुम्बिनीका तीन सांसद पदमुक्त

 साउन १५, २०७८ शुक्रबार १६:२५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लुम्बिनी प्रदेशका तीन सांसद पदमुक्त भएका छन् । प्रदेश सभा सचिवालयले आज शुक्रवार सूचना निकालेर जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरू सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे पदमुक्त भएका जानकारी गराएको हो ।

जसपा केन्द्रीय कार्यालयको निर्णयअनुसार तीन वटा पद मुक्त भएको प्रदेश सभा सचिवालयले जनाएको छ । उनीहरू तीनै जना मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारमा मन्त्री हुन् । उनीहरूलाई जसपाले मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको थियो । पार्टीको निर्देशन नमानेको र प्रदेश सभामा पनि ह्विप नमानेको भन्दै जसपाले कारबाही गरेको हो ।

यसअघि पनि उनीहरूमाथि कारबाही भएकोमा सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो । त्यस बेला जसपा अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेकामा अहिले निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएको छ ।

यस पटक जसपाले चार जनालाई स्पष्टीकरण सोधेकोमा सुमन शर्मा रायमाझीले आत्मालोचनासहित मूल पार्टीमै बस्ने प्रतिबद्धता व्यक्त गरेपछि तीन जनालाई मात्र कारबाही गरिएको जसपाले जनाएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया