अलमुताइरी–नेम्वाङ विवादबारे छानबिन गरिदिन मन्त्रालयलाई एन्फाकाे आग्रह

 साउन १५, २०७८ शुक्रबार २०:८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सङ्घका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा पुरुष टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको विवादको छानबिन गरिदिन युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको छ । 

आज शुक्रवार बसेको एन्फाको कार्यसमितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । केही दिनअघि पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको बताउनुभएको थियो । 

यस्तै एन्फाले आउँदो अक्टोबरको पहिलो हप्ता हुने साफ च्याम्पियनशिप नेपालमा आयोजना गर्न आवश्यक पर्ने दश करोड रुपैयाँ बराबरको विस्तृत प्रस्तावसहित साफमा अनुरोध गर्ने निर्णय गरेको छ । 

यस्ता छन् अरू निर्णय–

 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया