तेल ट्याङ्करमा भएको आक्रमणमा इरान संलग्न रहेको इजरायलको आरोप, कडा प्रत्युत्तर दिने चेतावनी

 साउन १६, २०७८ शनिबार १४:८:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इजरायलले दुई जनाको ज्यान जाने गरी तेल ट्याङ्करमा भएको आक्रमणमा इरान संलग्न भएको आरोप लगाएको छ । ओमानको तटीय क्षेत्रबाट अरब सागरतर्फ गइरहेको बेला एउटा ट्याङ्करमा आक्रमण हुँदा एक बेलायती र एक रोमानियाली नागरिकको ज्यान गएको थियो ।

इजरायलका पानीजहाज उद्यमी एआल ओफरको कम्पनीले घटनाको कारणबारेमा छानबिन भइरहेको बताएका बेला इजरायलका विदेशमन्त्री याइर लापिडले विज्ञप्ति निकालेर इरानी आतङ्कवादले आक्रमण गरेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ । 

विज्ञप्तिमा आक्रमणको कडा प्रत्युत्तर दिने भन्दै मुद्दालाई संयुक्त राष्ट्रसंघमा प्रवेश गराउने उल्लेख छ । इरानले आफूमाथिका आरोपबारे प्रतिक्रिया जनाएको छैन । आक्रमण भएको क्षेत्रमा तनाव बढाउने विभिन्न घटना भइरहेका बीबीसीले जनाएको छ । आक्रमणमा परेको जहाजलाई अमेरिकी जलसेनाको सुरक्षामा गन्तव्यतिर लगिँदैछ । अमेरिकी विदेश मन्त्रालयले ट्याङ्करमा भएको आक्रमणको घटनाप्रति चिन्ता प्रकट गर्दै अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ । आक्रमणका घटनामा जहाजमा क्षति भए पनि मानिसको ज्यान जाने घटनालाई दुर्लभ मानिन्छ ।     
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया