कोरोना खोप लगाउने काममा खटिएका टोखा नगरपालिकाका स्वास्थ्यकर्मीमाथि हातपात

 साउन १६, २०७८ शनिबार १५:४१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना विरुद्धको खोप लगाउने काममा खटिएका टोखा नगरपालिकाका एक स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । शनिबार बिहान भेरोसेलको पहिलो मात्रा खोप लगाउने काममा खटिएका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि आक्रमण भएको पालिकाले जनाएको छ । 

ग्राण्डी अस्पताल परिसरमा खोप लगाउने क्रममा नेपाल सरकारले तोकेको खोप लाउने समूहभित्र नपर्ने राम काजीसहित केही व्यक्तिले स्वास्थ्यकर्मी गैरेमाथि आक्रमण गरेको हो । पचास वर्षभन्दा माथिकालाई मात्र हो खोप लगाउने भन्दा ‘तँ को होस् यस्तो भन्ने’, भन्दै आफूमाथि हातपात गरेको गैरेको भनाइ छ ।

महामारीको समयमा बिदाको दिन पनि काममा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाहीको माग गर्दै पालिकाका कर्मचारीले संयुक्त विज्ञप्ति निकालेका छन् । राजनीतिक शक्तिको आडमा अपराधीलाई आश्रय दिने काम गर्दा यस्ता घटना दिनप्रतिदिन बढ्दै गएको भन्दै विज्ञप्तिमार्फत् सम्बन्धित सबै निकायको ध्यानाकर्षण पनि गराएका छन् ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया