जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत

 साउन १६, २०७८ शनिबार १५:५१:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन हुनुभएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको हाे। यादवको प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहनुभएको थियो ।

आजको बैठकमा महन्थ ठाकुर पक्षका केही सांसद भने उपस्थित भएका थिएनन् । यसअघि जसपमा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एक अर्कालाई कारबाही गर्दै आ–आफ्नै नेता चयन गरेका थिए । तर निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि आधिकारिक रुपमा संसदीय दलको नेता चयन भएको छ । 
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया