वेस्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टीमा पाकिस्तान ७ रनले विजयी

 साउन १७, २०७८ आइतबार ६:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - घरेलु टोली वेस्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गुएनामा गएराति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले हराएको हो ।

यो जितसँगै पाकिस्तानले ४ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाको कारण नतिजाविहीन भएको थियो । पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले अविजित ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका शहिन साह, अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय पारी खेले । मोहमद रिजवानले ४६ रन जोडे । यससँगै रिजवानले एकै वर्षमा धेरै टी–ट्वान्टी रन बनाउने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।

रिजवानले सन् २०२१ मा ७ सय ५२ रन जोडेर आयरल्यान्डका पाउनल स्ट्रलिङ्गको कीर्तिमान तोडेका हुन् । स्ट्रलिङ्गले २०१९ मा ७ सय ४८ रन जोड्दै कीर्तिमान बनाएका थिए । वेस्ट इन्डिजका जासन होल्डरले ४ विकेट तथा ड्वाने ब्राभोले दुई विकेट लिए ।

तेस्रो खेल आज राति हुँदैछ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया