टोकियो ओलम्पिकमा अमेरिकी पौडी खेलाडी सेलेब ड्रेसलले जिते चौथो स्वर्ण

 साउन १७, २०७८ आइतबार ९:३४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टोकियो ओलम्पिकमा अमेरिकन पौडी खेलाडी सेलेब ड्रेसलले चौथो स्वर्ण जितेका छन् । उनले ५० मिटर फ्रिस्टाइलमा कीर्तिमानसहित स्वर्ण जितेका हुन् । आज बिहान भएको प्रतिस्पर्धामा ड्रेसलले २१ सेकेण्ड ०७ मिलिसेकेण्डमा दूरी पूरा गरी स्वर्ण पदक हात पारेका हुन् ।

सेलेबले ब्राजिलका सेलार सेएलोको नाममा रहेको २१ सेकेण्ड ३० मिलिसेकेण्डको ओलम्पिक कीर्तिमान तोडेका छन् । फ्रान्सका फ्लोरेन्ट मानाउडोले २१ सेकेण्ड ५५ मिलिसेकेण्डसहित रजत र ब्राजिलका ब्ररुनो फ्रातुसले २१ सेकेण्ड ५७ मिलिसेकेण्डसहित कास्य जितेका छन् ।

उनले व्यक्तिगत स्पर्धामा तीन र समूह स्पर्धामा एक गरी चार स्वर्ण पदक जितेका हुन् । ड्रेसलले यसअघि चार गुणा सय मिटर फ्रि स्टाइल, सय मिटर फ्रि स्टाइल र सय मिटर बटर फ्लाइमा स्वर्ण जितिसकेका छन् । सय मिटर फ्रि स्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका हुन् भने बटरफ्लाइमा नयाँ विश्व कीर्तिमान बनाएका छन् ।
 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया