'ए' डिभिजन लिगकाे पुरस्कार राशि बढ्याे, विजेताले ७५ लाख पाउने

 साउन १७, २०७८ आइतबार १९:२४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – असोजदेखि कात्तिकका लागि सारिएको शहीद स्मारक 'ए' डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।  

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज आइतवार डिभिजन लिगको विजेताले ७५ लाख रुपैयाँ पाउने बताएको छ । एन्फाले यस पटक पुरस्कार राशि बढाएर ७५ लाख रुपैयाँ पुर्‍याएकाे हो । यसअघिको सिजनमा विजेताले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो । नयाँ सिजनको लिगको उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

यस्तै एन्फाले क्लबलाई तयारी खर्चका लागि २०/२० लाख रुपैयाँसमेत उपलब्ध गराउने छ ।

यस्तै एन्फाले लिग सुरु हुने मिति पछि सारेको छ । परिवर्तन गरिएको तालिकाअनुसार लिग आउँदाे कात्तिक २९ गतेदेखि हुनेछ । ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरिएको हो ।

यही छलफलबाट सहभागी क्लब लिग खेल्न सहमत भएको बताइएकाे छ । यसअघि ललितपुरका चार क्लबले काेराेना महामारीलाई कारण दिएर असोज ३ गतेदेखि लिग खेल्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

अक्टोबर पहिलो हप्ता साफ च्याम्पियनशिप आयोजना हुने सम्भावना भएकाले लिग पछाडि सारिएको हो । साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेस गरेका छन् ।  

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया