मुख्य प्रशिक्षक अलमुताइरीले माफी मागे

 साउन १८, २०७८ सोमबार १६:३९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । केही समयअघि एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताको आलोचना भएपछि प्रशिक्षक अलमुताइरीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् ।

त्यस अन्तर्वार्तामा आफूले नेपाली राष्ट्रिय टोली, पूर्वखेलाडी तथा प्रशिक्षकको विषयमा बोल्दा केहीलाई चोट पुगेको बताउँदै अलमुताइरीले आज माफी मागेका हुन् । पछिल्ला तीन दशकमा नेपाली फुटबल टोली र अरू एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउनु खोजेको उनले भनेका छन् ।

आफूले अन्तर्वार्तामा भनेका कुराको गलत अर्थ लागेकोमा माफी माग्दै अलमुताइरीले फेसबुकमा लेखेका छन्, ‘मेरो कसैसँग दुर्भावना छैन । मलाई नेपाल र नेपाली फुटबलको यात्राप्रति गर्व छ । नेपाली टोलीप्रति मेरो सधैँ सम्मान छ ।’  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया