एन्फा प्रवक्ताकाे राजीनामा

 साउन १८, २०७८ सोमबार २०:१८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) भित्र गलत नजिर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न प्रवक्ता किरण राईले आज साेमवार आफ्नो पदबाट राजीनामा दिनुभएकाे छ ।

प्रवक्ताबाट राजीनामा दिनुभएका किरण राईले विभिन्न पक्षबाट भइरहेका गतिविधि बन्द गर्न आग्रह गर्दै एन्फाको निर्वाचनको प्रक्रिया सुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेस गर्नुभएकाे छ । 

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको विवादकाे छानबिनका लागि खेलकुद मन्त्रालयलाई जिम्मा दिने विषयमा असहमत भएका प्रवक्ता किरण राईले आज आफ्नो पदबाट राजीनामा दिनुभएकाे हाे । 

केन्द्रीय सदस्यसमेत रहनुभएका किरण राईले पत्रकार सम्मेलनमा नेपाली फुटबलमा देखिएका पछिल्ला गतिविधि दुवै तर्फबाट बन्द गर्न आह्वान पनि गर्नुभएकाे छ । प्रशिक्षक र उपाध्यक्षबीचको समस्या समाधानका लागि खेलकुद मन्त्रालयलाई जिम्मेवारी दिने कामले गलत नजिर बसाउने राईकाे भनाइ छ । 

अहिले नेतृत्वको टकरावका कारण फुटबलको हित नहुने भन्दै उहाँले एकले अर्कालाई दोषारोपण गर्ने काम बन्द गर्न आग्रह गर्नुभएकाे छ । पदाधिकारीका रूपमा समितिको कामको विरोध गर्न नमिल्ने भएकाले स्वतन्त्र तरिकाले खबरदारी गर्न राजीनामा दिने निर्णय भएको प्रवक्ता राईले बताउनुभयाे । प्रवक्ताबाट हटे पनि केन्द्रीय सदस्य पदमा रहिरहने उहाँले बताउनुभयाे । 

एन्फाको नयाँ नेतृत्व चयनका लागि आउँदाे वैशाखमा चुनाव हुँदैछ । चुनाव नजिक आउँदै गर्दा अहिले एन्फामा अध्यक्ष कर्माछिरिङ पक्ष र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङबीचको मतभेद चुलिँदै गएको छ ।   

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया