मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – हिजाे मङ्गलवार अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले फरक भूमिकाबाट क्रिकेटमा जोडिने बताएका छन् । आज बुधवार पत्रकारसँगको भेटघाट कार्यक्रममा क्रिकेटको प्यासन सकियो र चुनौती सामना गर्न क्रिकेटसँग सम्बन्धित भूमिकामा नै फर्किने बताएका हुन् ।
यसअघि राष्ट्रिय टोलीको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्काले मङ्गलवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासकाे घोषणा गरे । उनको घोषणाले समर्थकहरू आश्चर्यमा परेको भन्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिइरहँदा पूर्वकप्तान खड्काले भने धेरै सोच विचार गरेर सन्न्यासकाे निधो गरेको बताए । अबको बाटो कुन भन्ने प्रश्नमा खड्काले क्रिकेट व्यवस्थापनमा आउन चाहेको प्रतिक्रिया दिए ।
पारस खड्काले नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा पुर्याएकाे योगदान सबैले मुक्तकण्ठले प्रशंसा गरिरहँदा अब क्रिकेट अगाडि बढ्न सक्छ/सक्दैन भन्ने प्रश्न धेरैमा उब्जिएको छ । याे जिज्ञासाकाे खड्काले बुधवारको भेटघाट कार्यक्रममा उत्तर दिए । नयाँ पुस्ता अहिले राष्ट्रिय टोलीमा आएको र उनीहरूको सम्भावना धेरै भएको भन्दै खड्काले व्यक्ति भन्दा पनि टिमको प्रदर्शनले अर्थ राख्ने बताए ।
सन्न्यासको घोषणा गरेका पूर्वकप्तान पारसले केही समयभित्रै क्रिकेट एकेडेमीको सुरुवात गरेर देशभर लैजाने योजनामा आफू रहेको बताए । उनले सोचेजस्तो व्यवस्थापकीय यात्रा गर्न पनि चुनौती नै छ । किनकि क्यानको विधानले क्रिकेट करिअर छोडेको दुई वर्ष पूरा भएपछि मात्र कुनै पनि खेलाडीले नेपाली क्रिकेटको निर्वाचनमा भाग लिन पाउने प्रावधान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।