न्युजिल्यान्डले १८ वर्षपछि आउँदाे सेप्टेम्बरमा पाकिस्तान भ्रमण गर्दै

 साउन २१, २०७८ बिहिबार १४:२८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : ट्विटर

काठमाण्डौ – न्युजिल्यान्डको क्रिकेट टोलीले १८ वर्षपछि पाकिस्तानको भ्रमण गर्ने भएको छ । न्युजिल्यान्ड र पाकिस्तानबीच आउँदो सेप्टेम्बरमा तीन एकदिवसीय र पाँच टी–ट्वान्टी हुने भएको छ ।

अक्टोबर १७ देखि सुरु हुने टी–ट्वान्टी विश्व कप अगाडि न्युजिल्यान्डले पाकिस्तानको भ्रमण गर्न लागेको हो । 

दुई टोलीबीच एकदिवसीय शृङ्खला सेप्टेम्बर १७, १९ र २१ मा रावलपिन्डीमा र पाँच टी–ट्वान्टी सेप्टेम्बर २५ देखि अक्टोबर ३ सम्म लाहोरमा हुने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । 

पछिल्लो पटक न्युजिल्यान्डले सन् २००३ मा पाकिस्तानको भ्रमण गरेको थियो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया