अस्ट्रेलियासँगको टी–ट्वान्टी श्रृङ्खलामा बङ्गलादेशको ऐतिहासिक जित

 साउन २३, २०७८ शनिबार ९:६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टिम बङ्गलादेशले अस्ट्रेलियासँगको टी–ट्वान्टी श्रृङ्खलामा ऐतिहासिक जित निकालेको छ । ढाकामा भएको तेस्रो टी–ट्वान्टी क्रिकेटमा अस्ट्रेलियालाई १० रनले हराउँदै बङ्गलादेशले पहिलो पटक अस्ट्रेलियासँगको श्रृङ्खला जितेको हो । 

यससँगै बङ्गलादेशले पाँच खेलको श्रृङ्खला दुई खेल अगाडि नै जितेको छ । बङ्गलादेशले पहिलो खेलमा २३ रन तथा दोस्रो खेलमा ५ विकेटले अस्ट्रेलियालाई हराएको थियो । बङ्गलादेशले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि मिचेल मार्शले ५१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। बङ्गलादेशका शोरीफुल इस्लामले २ विकेट लिए । 

नसुम अहमेद र शकिव अल हसनले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । बङ्गलादेशका लागि कप्तान महमुद उल्लाहले ५२ रनको अर्धशतकीय पारी खेले ।

अस्ट्रेलियाका डेब्यु खेलाडी नाथन एलिसले ह्याट्रिक विकेट लिए । उनी टी–ट्वान्टी अन्तर्राष्‍ट्रियमा डेब्यु खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन् । त्यस्तै जोस हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए। चौथो खेल आज बेलुका पौने ६ बजे हुनेछ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया