एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अल्मुताइरीकाे विवादबारे चार जनासँग बयान लिइने

 साउन २६, २०७८ मंगलबार १२:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फुटबल विवादबारे राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको छानबिन समितिले आजदेखि बयान लिन थाल्ने भएको छ । 

समितिले आज एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित चार जनासँग बयान लिने तयारी गरेको हो । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको उजुरीमा आधारित रहेर समितिले बयान लिनेछ । 

वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने घोषणा गरेपछि एन्फामा विवाद छ । युवा तथा खेलकुद मन्त्रालयले छानबिन गर्न राखेपलाई निर्देशन दिएको थियो ।

मन्त्रालयले राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया