लियाेनल मेस्सी पीएजसी आउन सहमत

 साउन २६, २०७८ मंगलबार १७:१०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले दुई वर्षको अनुबन्धमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा आउन सहमत भएका छन् ।

६ पटक बालोन डी ओर जितेका मेस्सीले गत हप्ता बार्सिलोना छोडेका थिए र अहिले उनलाई पीएसजीले प्रति वर्ष लगभग ३५ मिलियन युरो दिने गरी अनुबन्ध गर्न लागेको हो ।

मेस्सीले पीएजसीसँग थप एक वर्ष अनुबन्ध लम्ब्याउन सक्ने विकल्प पनि रहनेछ र थप एक वर्षमा पनि त्यति नै युरो पाउने बताइएको छ । 

यसअघि मेस्सी बार्सिलोनामै रहने चर्चा चले पनि क्लबसँग सम्झौता बढाउन मेस्सी असफल भएका थिए ।  

मेस्सीले यस समरमा एक नयाँ पाँच वर्षकाे सम्झाैताका लागि हस्ताक्षर गर्दै बार्सिलाेनामा आफ्नाे २१ वर्षे करिअर लम्ब्याउने तयारी गरेका थिए ।

तर क्लबले यही बुधवार आर्थिक र संरचनात्मक कठिनाइ देखाउँदै सम्झाैता गर्न नसकिने बताएकाे थियाे । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया