चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा आबद्ध भएका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले फेरि एक पटक च्याम्पियन्स लिग जित्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । ‘मलाई लाग्छ यो गर्नका लागि हामीसँग यहाँ टिम छ’, मेस्सीले थपे ।
बार्सिलोनाका लागि चार पटक च्याम्पियन्स लिग जितेका ३४ वर्षीय अर्जेन्टिनी कप्तानले पछिल्लो पटक सन् २०१५ मा यो उपाधि जिताएका थिए । पीएजसी भने अझै पहिलो उपाधिको खोजीमा छ, सन् २०२० को फाइनलमा ऊ बार्यन म्युनिखसँग पराजित भएको थियो ।
‘मेरो लक्ष्य र सपना एक पटक फेरि च्याम्पियन्स लिग जित्नु हो’, पीएसजीमा दुई वर्षका लागि अनुबन्ध भएका मेस्सीले भने । बार्सिलोनाले मेस्सीसँगको सम्झौतामा आर्थिक र संरचनात्मक कठिनाइ देखाउँदै अनुबन्ध नगरेपछि उनी पीएसजी आएका हुन् ।
बार्सिलोनाका लागि सात सय ७८ खेल खेलेका मेस्सीले ६ सय ७२ गोल गरेका छन् । ६ पटक बालोन डी ओर जितेका मेस्सीले नाओ क्याम्पमा रहँदा ३५ ट्रफी पनि जिताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।