न्यायपालिकालाई दाेष पनि दिनु हुन्न, महत्त्व पनि दिनु हुन्न : प्रधानन्यायाधीश राणा

 साउन २७, २०७८ बुधबार २०:३१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकालाई दोष दिने काम नगर्न आग्रह गर्नुभएको छ । प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्कसमेत गर्नुभयो । 

नेपाल कानुन व्यवसायी परिषद्ले आज बुधवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको बताउनुभयो । 

प्रधानन्यायाधीश जबराले भन्नुभयो, ‘न्यायपालिकाले गर्ने सबै फैसला समाज र नागरिकसँग अभिप्रेरित हुन्छ र समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ । न्याय पालिकालाई निरन्तर अघि बढिरहन दिनुपर्दछ । अथवा न्यायपालिकालाई दोष पनि दिनु हुन्न र महत्त्व पनि दिनु हुन्न । यो आफैँ महत्त्वपूर्ण निकाय हो । यसले नागरिकलाई जहिले पनि मार्ग निर्देशन गर्दछ । नागरिकभित्र राष्ट्रपतिदेखि देशका सबै नागरिक पर्दछन् । देशका सबै निकाय यसै अन्तर्गत पर्दछन् ।’

उहाँले आफूले कहिल्यै पनि दबाब र प्रभावमा परेर फैसला गर्ने नगरेको दाबीसमेत गर्नुभयो ।

कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षाका निम्ति सर्वोच्च अदालतले पछिल्लो समयमा खेलेको भूमिका विश्वकै लागि उदाहरणीय भएको बताउनुभयो । उहाँले कानुनी राज्यको स्थापना गरी देशलाई समृद्ध बनाउने अभियानमा लाग्न पनि सबैलाई आह्वान गर्नुभयो ।

मन्त्री कार्कीले देशको समृद्धि र विकास सबैको चाहना भएको उल्लेख गर्दै त्यसमा हरेक क्षेत्रको योगदानको आवश्यकतामा पनि जोड दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया