नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटमा भारतले उत्कृष्ट सुरुवात गरेको छ । लर्ड्समा पहिलो दिन सकिँदा भारतले ३ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ ।
भारतका लागि केएल राहुलले शतकीय पारी खेलेका छन् । राहुलले १ सय २७ रन बनाए थिए । यस्तै भारतका रोहित शर्मा ८३ रन बनाएर आउट भए । यस्तै कप्तान विराट कोहली ४२ रनमा आउट हुँदा चेतेश्वर पुजरा ९ रनमा आउट भए । इङ्ग्ल्यान्डका जेम्स एण्डरसनले २ तथा ओली रोबिनसनले १ विकेट लिए ।
पाँच खेलको टेस्ट श्रृङ्खला अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो । पाँच खेलको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्यान्ड भ्रमणमा छ । पहिलो टेष्टमा दुवै टोलीले ढिलो ओभर खेलेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले २/२ अङ्क कटौती गरिदिएको छ भने रेफ्रीले म्याच फि को ४० प्रतिशत रकम जरिबाना तिराएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।