कांग्रेस महाधिवेशन बारेकाे अन्याेल कायमै

 साउन २९, २०७८ शुक्रबार ९:७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महाधिवेशन सार्नेबारे छलफल भए पनि टुङ्गो लाग्न बाँकी छ ।

आउँदो भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको १४ औं महाधिवेशन गर्न सम्भव नदेखिएपछि संस्थापन पक्षले सार्ने प्रस्ताव गरेको छ । भदौमा वडा तहको अधिवेशन गरेर मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्नेबारे अनौपचारिक छलफल भए पनि यसबारे टुङ्गाे लाग्न सकेको छैन ।

महाधिवेशन सार्ने प्रस्तावमा रामचन्द्र पौडेल पक्षले असहमति जनाएको छ । पार्टीको वैधानिकता जोगाउन प्रक्रिया छोट्याएर भए पनि तोकिएको मितिमै महाधिवेशन गर्नुपर्ने पौडेल पक्षको माग छ। आजको बैठकमा महाधिवेशन तोकिएको मितिमै गर्ने या सार्ने विषयमा टुङ्गाे लाग्ने कांग्रेस नेताहरुले बताएका छन् ।

हिजोको बैठकमा निर्वाचन समितिले बनाएको निर्वाचन निर्देशिका र क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पेस भएको थियो । निर्वाचन निर्देशिकामा अधिवेशनको प्रक्रियामा वडादेखि केन्द्रसम्म विभिन्न पदमा उम्मेदवार बन्ने नेता कार्यकर्ताका लागि दरखास्त फारमको शुल्क प्रस्ताव गरिएको छ ।

प्रस्तावित शुल्कमा न्यूनतम वडा सदस्यका लागि १ सय रुपैयाँदेखि अधिकतम केन्द्रीय सभापतिका लागि ३० हजार रुपैयाँसम्म तोकिएको छ ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया