खाेटाङमा हाडनाता करणीका दोषी जेल चलान

 भदौ १४, २०७५ बिहीबार १९:५४:० | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – हाडनाता करणीमा दोषी ठहर भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १८ वर्षीय रामु भन्ने साङ्गे शेर्पा कारागार चलान भएका छन् । 

हाडनाता करणीमा उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाबाट दोषी ठहर शेर्पा बिहीबार कारागार चलान भएका हुन् । 

उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले २०७४ साल माघ २५ गते ५ वर्ष कैद सजाय सुनाएका शेर्पा बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताउनुभयो । 

जिल्ला अदालत खोटाङले सफाई दिने गरी फैसला गरेकामा उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले शेर्पालाई कैंद सजाय हुने फैसला सुनाएको हो । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया