कांग्रेस बैठक : महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्नेमा सहमति जुट्नै बाँकी

 साउन ३०, २०७८ शनिबार ७:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ नेपाली कांग्रेसले चौधौं महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्ने विषयमा अझै सहमति जुटाउन सकेको छैन । अस्तिदेखि चलिरहेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच परस्पर विरोधी धारणा आएका छन् ।

हिजोको बैठकमा संस्थापन पक्षका नेताहरुले आउँदो मंसिरभित्र महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेपछि महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने कार्यतालिका ल्याउनुपर्ने बताएका छन् । तर रामचन्द्र पौडेल पक्षले भने भदौ २३ देखि महाधिवेशनको प्रक्रिया सुरु गरी दसैंअघि नै सक्नुपर्नेमा जोड दिएको छ।

क्रियाशील सदस्यसम्बन्धी विवादका कारण कार्यतालिका प्रभावित भएपछि अब के गर्ने भन्नेबारे कांग्रेस केन्द्रीय समितिमा दुई धार देखिएको छ । पौडेल पक्षधरले पार्टीलाई वैधानिक सङ्कटमा पर्न नदिन भदौ २३ अघि नै महाधिवेशन प्रक्रिया थाल्नुपर्ने प्रस्ताव गरेको छ ।

संस्थापन पक्षले चाहिँ प्रक्रिया सुरु गर्ने तर त्यसलाई मंसिरसम्म पुर्याउनुपर्नेमा जोड दिएको छ । पार्टी विधान अनुसार चार वर्षमा गर्नुपर्ने महाधिवेशन साढे पाँच वर्ष बित्दा पनि अनिश्चित बनेको छ । विधानअनुसार आउँदो भदौ १९ भित्र महाधिवेशन भइसक्नुपर्छ । तर भदौ १६ देखि १९ गतेसम्म तोकिएको कांग्रेसको चौधौं महाधिवेशन अनिश्चित भएको छ ।

महाधिवेशन मितिबारे छलफल गर्न कांग्रेसको बैठक आज पनि बस्दैछ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया