मेस्सी पीएसजी गएपछि बार्सिलोना आज पहिलो खेल खेल्दै

 साउन ३१, २०७८ आइतबार ११:३६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगामा आज दुई खेल हुँदैछन् । स्टार खेलाडी लियोनल मेस्सी पीएसजी गएपछि बार्सिलोनाले नाउक्याम्पमा पहिलो खेल खेल्न लागेको हो ।

बार्सा र रियल सोसिडाडबीचको खेल राति पौने १२ बजे हुँदैछ । ला लिगामा आजै सवा नौ बजे सेल्टाभिगो र एथ्लेटिको मड्रिड खेल्दैछन् । स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । रियलले डिपोर्टिभो एलाभेसलाई ४–१ ले हराएको हो । रियलको जितमा करिम बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले एक/एक गोल गरे ।

एलाभेसका जोसेलुले पेनाल्टीमार्फत एक गोल फर्काए । गएराति भएका खेलमा क्याडिज र लेभान्टे तथा मलोर्का र रियल बेटिसले एक/एक गोलको बराबरी तथा ओसासुना र इस्पान्योलले गोलरहित बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया