अफगानिस्तानमा विदेशी नागरिकलाई खतरा छैन : तालिबान प्रवक्ता

 साउन ३१, २०७८ आइतबार १७:५४:२८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तान तालिबान विद्रोही समूहको नियन्त्रण नजिक पुगेको छ । तालिबान लडाकु ३४ वटा सबै प्रान्तीय राजधानी नियन्त्रणमा लिएर केन्द्रीय राजधानी काबुलमा प्रवेश गरिसकेकाले अफगानिस्तान तालिबानको नियन्त्रण नजिक पुगेको बीबीसीले जनाएको छ । 

तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

तालिबान लडाकु काबुल प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबान प्रतिनिधिसँग भेट गर्नुभएको छ । भेटमा घानीले आफू शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणका लागि तयार रहेको बताउनुभएको अन्तरिम गृह मन्त्री अब्दुल सत्तार मिर्जाकवाललाई उदृत गर्दै बीबीसीले जनाएको छ । 

सत्ता हातमा लिने अन्तिम तयारीमा रहेको बेला तालिबानले महिलाको अधिकारलाई सम्मान गर्ने जनाएको छ । तालिबान प्रवक्ता सुहाइल साहिनले बीबीसीसँग कुरा गर्दै महिलाको अधिकारको सम्मान गर्ने बताउनुभएको हो । तालिबानले सरिया कानुन लागू गर्ने र यसले महिलाका मानव अधिकारहरू कुण्ठित हुने भन्दै विश्वव्यापी रूपमा चिन्ता व्यक्त भइरहेका बेला तालिबानले यस्तो बताएको हो । 

प्रवक्ता साहिनले विदेशी कुटनीतिक नियोगहरूलाई पनि कुनै खतरा नहुने भन्दै ढुक्क भएर आफ्नो काम गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो देश फर्कन चाहनेहरूलाई सहज रूपमा फर्कन दिने पनि बताउनुभएको छ । 

तालिबानले यसअघि सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा सत्ता सम्हालेको थियो । तर २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्विन टावरमा आक्रमण भएपछि अमेरिकी सेनाले सत्ताबाट हटाइदिएको हो । अमेरिकी र नेटो सेना झन्डै २० वर्ष अफगानिस्तानमा बसे पनि तालिबानलाई नियन्त्रण गर्न सकेनन् । 

विदेशी सेना रहुन्जेल ग्रामीण इलाकामा खुम्चिएको तालिबान अहिले विदेशी सेना फर्किएको केही समयमै प्रान्तीय राजधानी हुँदै केन्द्रीय राजधानीसम्म नै आइपुगेर सत्ता नियन्त्रण गर्ने अन्तिम तयारीमा पुगेको हो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया