इङ्ग्लिस प्रिमियर लिग : साविक विजेता म्यानचेस्टर सिटी टोटेनह्यामसँग पराजित

 साउन ३२, २०७८ सोमबार ८:६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी टोटेनह्यामसँग पराजित भएको छ ।

गएराति भएको खेलमा सिटी टोटेनह्यामसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा टोटेनह्यामका ह्युङ मिन सनले खेलको ५५ औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा वेष्ट ह्यामले विजयी सुरुवात गरेको छ ।

न्युक्यासललाई ४–२ गोल अन्तरले पराजित गर्दै वेष्टह्यामले विजयी सुरुवात गरेको हो । जितसँगै वेष्टह्यामले महत्त्वपूर्ण तीन अङ्क जाेडेको छ । 


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया