दोस्रो टेस्ट क्रिकेटमा भारतले इङ्ग्ल्यान्डलाई फराकिलो अन्तरले हरायो

 भदौ १, २०७८ मंगलबार ७:३५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्ग्ल्यान्डलाई हराएको छ । लर्डसमा भएको खेलमा भारतले इङ्ग्ल्यान्डलाई १ सय ५१ रनको फराकिलो अन्तरले हराएको हो । जितसँगै भारतले पाँच खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

पहिलो पारीमा २७ रनले पछि परेको भारतले २ सय ९८ रन बनाउँदै दोस्रो पारी अन्त्यको घोषणा गरेको थियो । २ सय ७२ रनको लक्ष्य पाएको इङ्ग्ल्यान्ड १ सय २० रनमा अलआउट भयो । उसका कप्तान जोए रुटले ३३, जोस बट्लरले २५ तथा मोइन अलीले १३ रन बनाए ।

भारतका मोहमद सिराजले ४ विकेट लिए । जस्प्रित बुम्राहले ३ तथा इशान्त शर्माले २ विकेट लिए । दोस्रो पारीमा भारतका अजिन्का रहानेले ६१ तथा मोहमद शामीले ५६ रनको अर्धशतकीय पारी खेले । इङ्ग्ल्यान्डका मार्क उडले ३ तथा मोइन अली र ओली रोबिनसनले २/२ विकेट लिए ।

पहिलो पारीमा इङ्ग्ल्यान्डले ३ सय ९१ रन बनाएको थियो । उसका जोय रुटले शतक प्रहार गरेका थिए । पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा सकिएको थियो । पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इङ्ग्ल्यान्ड भ्रमणमा छ ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया