प्रिमियर लिगका ६ क्लबद्वारा युरोपियन सुपर लिगबाट नाम फिर्ता

 भदौ १, २०७८ मंगलबार १३:३८:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रिमियर लिगका ६ वटा क्लबले युरोपियन सुपर लिगबाट नाम फिर्ता गरेका छन् ।

म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनह्यामले युरोपियन सुपर लिगबाट नाम फिर्ता लिएका हुन् ।

संस्थापक सदस्य रहेका प्रिमियर लिगका ६ क्लबले नाम फिर्ता गरि फेरि युरोपियन क्लब एसोसिएशन (ईसीए)मा आबद्ध भएका हुन् । यी ६ क्लबले सन् २०२३ सम्मको सदस्यता लिएको ईसीएले जनाएको छ ।

स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, इटालियन क्लब इन्टर मिलान र एसी मिलान पनि फर्किएका छन् । युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका थिए ।

अब युरोपियन सुपर लिगमा रियल म्याड्रिड, बार्सिलोना र युभेन्टस् मात्रै छन् । युरोपियन सुपर लिग प्रतियोगिताको यसअघि आलोचना हुँदै आएको थियो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया